साझा यातायातका ३५ प्रतिशत यात्रुले भाडा तिर्दैनन्, के हो कारण ?

साझा यातायातमा चढ्ने यात्रु मध्ये ३५ प्रतिशतले भाडा तिर्दैनन । दुई वर्षदेखि निरन्तर घाटामा गएको साझाले सामाजिक उत्तरदायित्व भन्दै ७० वर्ष माथिका जेष्ठ नागरिक, बालबालिका र अपांगता भएकासँग भाडा लिदैन । यस्तै विद्यार्थीलाई पनि झण्डै ५० प्रतिशत भाडा छुट दिने गरेको छ । साझा बस चढ्ने यस्ता यात्रु करिब ३५ प्रतिशत रहेको साझाले जनाएको छ । ‘सामाजिक उत्तरदायित्व बहन गरिरहेका छौं । त्यस अन्तर्गत करिब ३५ प्रतिशत यात्रुले भाडा छुट पाउँछन्,’ संचालक समितिका सदस्य वसन्त आचार्यले भने । 

प्रकाशित मिति: : 2019-04-06 13:51:22

प्रतिकृया दिनुहोस्