कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकले ज्यान गुमाए

एजेन्सी

काठमाडाै‌ं

पाकिस्तानमा कोरोना भाइरसको संक्रमणका कारण युवा चिकित्सकको ज्यान गएको छ। 

कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक ओसामा रियाजको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। योसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ।  

रियाज विशेषगरी कोरोना प्रभावित इरानबाट आएका नागरिकको उपचारमा संलग्न थिए। यस्तै आइसोलेशनमा राखिएका बिरामीके उपचारमा पनि उनी सरिक थिए। 

प्रान्तीय अस्पतालका अनुसार राति सामान्य अवस्थामा सुतेका डाक्टर रियाज बिहान अचेत भेटिएपछि प्रान्तको मुख्यालय अस्पताल पुर्‍यायाइएको थियो। त्यहाँ र्‍यालको नमुना परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पत्ता लागेको थियो। 

त्यसमा शंका लागेर फेरि नमुना परीक्षण गर्दा कोरोना भएको पुष्टि भएको अस्पतालले जनाएको छ। भ्यान्टिलेटरमा राखेर उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको अस्पतालले बताएको छ। 
 

प्रकाशित मिति: : 2020-03-24 19:48:09

प्रतिकृया दिनुहोस्