बखत
बखत
आई भेट मायाँ
मलाई
पलभर
सब बिर्सी हेर
आँखा जुधाई
कति
दिनतक मैले
गर्नु
तिम्रो प्रतीक्षा?
भन न!
किन लिएकी
तीव्र
मेरो परीक्षा?।
बहुत
फरक भैछ्यौ
बेसरी दूर
गैछ्यौ
मजबुत मन
राख्ने
वज्रकै तुल्य
भैछ्यौ
बचपन
सखि!
काट्यौँ
साथ
खेलेर हामी
उन दिन
मन तिम्रो
नम्र नौनी थियो नि!
तकलिफ
हुन जाला!
प्यारले हार
खाला!!
यति पनि
नविचारी
हुन्न’थ्यो हान्न
भाला
बुझ!
विषय विषै हो
श्वेत होऊन् कि
काला
अलि
अलि
अलि गर्दै
चाउरिन्छन् नि
छाला।