भारतीय राष्ट्रपति कोविन्दलाई काेराेना स‌ंक्रमणकाे आश‌ंका

भारतमा कोरोना भाइरसको आतंक बढ्दै छ। यसैबीच, कोरोना भाइरसको डर राष्ट्रपति भवनमा पुगेको छ। स्रोतकाअनुसार राष्ट्रपति रामनाथ कोविन्दले मेडिकल चेकअप गराउने भएका छन्।

भारतीय जनता पार्टी (बीजेपी) का सांसद दुष्यंत सिंहसँग भेट गरेपछि राष्ट्रपति भवनमा कोरोना फैलिएको आशंका गरिएको हो। सांसद सिंहले बलिउडको चर्चित गायिक कनिका कपूरको पार्टीमा भाग लिएका थिए। 

कपूरको पार्टीमा सामेल भएको तीन दिनपछि अर्थात पनि १८ मार्चमा सांसद सिंह राष्ट्रपति भवनमा आयोजित समारोहमा सहभागी भएका थिए। बुधवार बिहान राष्ट्रपति  कोविन्दले राष्ट्रपति भवनमा यूपी र राजस्थानका सांसदहरूका लागि बिहानको भोजको कार्यक्रम आयोजना गरेका थिए। 

उक्त कार्यक्रममा सामेल भएपछि सांसद सिंह आफैँ  सेल्फ आइसोलेटमा गएका छन्।

यसका साथ राष्ट्रपतिले आफ्ना सबै नियमित कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेका छन्।

प्रकाशित मिति: : 2020-03-21 10:37:46

प्रतिकृया दिनुहोस्