उपत्यकाको ट्राफिक व्यवस्थापनमा थप ३५० प्रहरी सक्रीय, मोटरसाइकल चालकलाई सचेत गराइँदै

बाह्रखरी

काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि बिहीबारबाट थप ३५० ट्राफिक प्रहरी सक्रीय भएका छन् ।

उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण सुधार कार्ययोजनाअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्वमा ठूलो संख्यामा प्रहरी सक्रीय भएका हुन् ।

महाशाखाले ट्राफिक एक्सन टिम ‘टिएटी’ समूह गठन गरेर प्रहरी परिचालन गरेको छ । जेब्राक्रस प्रयोगमा पैदलयात्रुलाई जानकारी, काठमाडौंका सबै करिडोर सञ्चालनमा ल्याउन, सवारीको धुवाँ प्रदुषणबारे निगरानी राखी कारबाही गर्न महाशाखाले बिहीबारबाट थप संख्यामा ट्राफिक प्रहरी परिचालन गरेको हो ।

प्रकाशित मिति: : 2019-04-04 20:47:58

प्रतिकृया दिनुहोस्