जनकपुरमा चारजनाको शंकास्पद मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका ७ जानकी चोकस्थित मुसहरी बस्तीमा शंकास्पद चारजनाको शंकास्पद मृत्यु भएको हो।
मृत्यु हुनेमा भ्रमरपुरा चोकस्थित मुसहरी टोलका ५५ वर्षीया बनारसी देवी सदा, ५२ वर्षीय झगरु सदा, ४५ वर्षीया मिथिला सदा र २२ वर्षीय जितेन्द्र सदा रहेका छन्।
सोही बस्तीका अन्य तीनजनाको अवस्था चिन्ताजनक रहेको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ ।
प्रादेशिक अस्पतालका जेनरल फिजिसियन तथा उपचारमा संलग्न चिकित्सक रामदेव चौधरीले गत बुधबार होलीको दिन मदिरा सेवन गरेकाले चेकजाँचका लागि ल्याब पठाइएको जानकारी दिए।