टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु

भक्तपुर टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु भएको छ। मृत्यु हुनेमा  सर्लाहीको जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानका छोरा शिशिर मोक्तान रहेका छन्। 

शिशिरलाई चाँगुनारायण नगरपालिका ९ मा जय व्रह्मायणी इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको टिपरले ठक्कर दिँदा घाइते भएका थिए।

घाइते भएका शिशिरको उपचारका लागि मध्यपुर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।

टिपर चालक भक्तपुरको च्यामासिंह बस्ने ४० वर्षीय श्याम फैजुलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-03-15 00:59:48

प्रतिकृया दिनुहोस्