संघीय संसद्को महासचिव रिक्त : कार्यबाहक योगी कि गौतम ?

संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईको कार्यकाल पर्सि आइतबार सकिँदैछ तर आगामी महासचिवकोे टुंगो लागेको छैन । संभवतः संसद् सचिवालयको प्रशासनिक नेतृत्व सोमबारदेखि ‘कार्यबाहक महासचिव’ ले गर्नेछन् ।  
संसद् सचिवालयको प्रशासकीय नेतृत्व गर्ने, सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई सघाउने महासचिव नियुक्तिबारे गृहकार्यसम्म नभएको सचिवालय स्रोतले जनाएको छ ।  

मुख्य सचिवसरहको पद हो– महासचिव । देशको विधि निर्माणको थलो संसद्को महासचिव निकै महत्व मानिन्छ । संविधानमा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने  व्यवस्था छ ।
यो पदबाट भट्टराईले १२ वर्षपछि अवकाश लिँदै छन् । सु?को दुई वर्ष कार्यवाहक महासचिव भएर चलाएका भट्टराईलाई विघटित संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दुई कार्यकाल महासचिव बनाएका हुन् । 

संसद्को महासचिव पद राजनीतिक नियुक्तिको पद हो । वर्तमान महासचिव भट्टराई महासचिव हुनुअघि संसद् सेवाकै कर्मचारी थिए । उनले सचिवका ?पमा काम गरेका थिए तर आगामी महासचिव कर्मचारीबाट हुन्छन् कि बाहिरबाट ? त्यो चाहिँ अहिले नै अनुमान गर्नु छिटो हुनेछ ।

को–को दाबेदार ?
कार्यबाहक महासचिवका लागि अहिले दुई जना दाबेदार देखिएका छन् । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी र सचिवालयका सचिव डा. भरतराज गौतम । त्यसबाहेक संघीय संसद्मा अर्का दुई जना सचिव पनि छन् ।  राष्ट्रियसभाका सचिव राजेन्द्र गौतम र सचिवालयका ध्रुवप्रसाद घिमिरे पनि छन् । 

प्रतिनिधिसभाका सचिवव योगी र राष्ट्रियसभाका सचिव फुयाँल दुबै सचिवालयका सचिव डा. गौतम र घिमिरेभन्दा अघि नियुक्त भएकाले वरिष्ठ मानिन्छन् । तर, गौतम र फुयाँल दुबैको महासचिव बन्न उमेर पुग्दैन । प्रतिनिधिसभाको महासचिवका लागि ४५ वर्ष हुनुपर्ने कानूनी व्यवस्था छ ।

यसअघि महासचिव भट्टराई मुलुकबाहिर जाँदा ‘कार्यबाहक’ को जिम्मा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई दिँदै आएका थिए । महासचिव पद रिक्त नै भएको अवस्थामा ‘कार्यबाहक महासचिव’ बन्नका लागि ‘महासचिवका लागि योग्यता पुगेको व्यक्ति’ खोजियो भने चाहिँ योगीलाई सकस पर्नसक्छ । 

कथम्कदाचित योगीलाई यो तर्कले ‘कार्यबाहक महासचिव’ बन्नबाट रोक्यो भने चाहिँ यो पद डा. भरत गौतमकहाँ पुग्ने छ । त्यो वर्तमान महासचिव मनोहरप्रसाद भट्टराई १२ वर्षअघि महासचिव हुने यात्राकै बाटो हुनसक्छ । तर, योगीलाई कार्यबाहक दिइयो भने उनलाई नै उमेर नपुगुञ्जेल ‘कार्यबाहक महासचिव’ को जिम्मेवारी दिएर उमेर पुगेलगत्तै ‘महासचिव’ बनाउने संभावना रहेको स्रोतको दाबी छ । 

प्रतिनिधिसभाको सभामुख कृष्णबहादुर महरा निर्वाचित भएपछि उनैको सिफारिशमा योगी सचिव भएका थिए । उनी वर्तमान सभामुख अग्नि सापकोटाका लागि पनि उत्तिकै सहज र प्रिय व्यक्ति हुन् । सभामुखले नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहित कसैसँग पनि महासचिव रिक्त हुन लागेकोबारे छलफल नगरेकाले कतै योगीलाई नै ‘कार्यबाहक महासचिव’ दिनेमा ढुक्क भएर बसेका हुन् कि भन्ने अनुमान पनि गरिएको छ ।

संसद् सचिवालयका कर्मचारीहरू चाहिँ ‘कार्यबाहक महासचिव’ को जिम्मा डा. गौतमकहाँ जाओस् भन्ने चाहन्छन् । लामो समय प्रशासन सेवामा काम गरेर सचिव भएका हुन् । विद्यावारिधि गरेका गौतमको बौद्धिक प्रशासकको छवि छ । उनले अन्तर्राष्ट्रिय सम्बन्धको समन्वय गर्दै आएका छन् ।  


महासचिवको काम, कर्तव्य र अधिकार ः

(१) प्रचलित कानूनमा उल्लेख भएको अतिरिक्त महासचिवको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–

(क) सचिवालयको प्रशासकीय प्रमुखको ?पमा कार्य गर्ने

(ख) यस ऐन बमोजिम व्यवस्थापिका–संसद सेवाका कर्मचारीको नियुक्ति, अवकाश र सजाय सम्बन्धी कार्य गर्ने

(ग) समितिको निर्देशानुसार सचिवालयको सञ्चालन र व्यवस्थापन सम्बन्धी कार्य गर्ने

(घ) व्यवस्थापिका–संसद र सचिवालयको वार्षिक बजेट, कार्यक्रम र योजना तयार गरी समिति समक्ष पेश गर्ने

(ङ) व्यवस्थापिका–संसद र सचिवालयको लागि विनियोजित बजेट रकम खर्च एवं आर्थिक प्रशासन सम्बन्धी कार्य गर्ने, गराउने

(च) सचिवालयको भौतिक निर्माण, सुधार सम्बन्धी कार्य गर्ने, गराउने

(छ) मित्र राष्ट्र, विदेशी कुटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग सम्बन्ध कायम गरी सहयोगको आदान प्रदान गर्ने

(ज) सचिवालय र अन्य निकायबीच समन्वय कायम गर्ने

(ञ) व्यवस्थापिका–संसद र सचिवालयको चल अचल सम्पत्तिको रेखदेख, स्याहार सम्भार गर्ने

(झ) व्यवस्थापिका–संसद र व्यवस्थापिका–संसदका समितिको काम कारबाही सुचारू ?पले सञ्चालन गर्न आवश्यक व्यवस्था गर्ने ।

 (१) राष्ट्रपतिले प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसदको महासचिव, सभामुखको सिफारिसमा प्रतिनिधि सभाको सचिव र राष्ट्रिय सभाको अध्यक्षको सिफारिसमा राष्ट्रिय सभाको सचिव नियुक्त गर्नेछ ।

(२) संघीय संसदको महासचिव, प्रतिनिधि सभाको सचिव र राष्ट्रिय सभाको सचिवको योग्यता, काम, कर्तव्य, अधिकार तथा सेवाका अन्य शर्त संघीय कानून बमोजिम हुनेछ ।

प्रकाशित मिति: : 2020-03-14 06:58:00

प्रतिकृया दिनुहोस्