पूर्वी चितवनको खैरहनी नगरपालिकामा शुक्रवार दुई जनाको रु नौ लाख लुटिएको छ।
गुल्मीको सत्यवर्ती गाउँपालिका –६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्ती लुटिएका हुन्। खैरहनी नगरपालिकामा जग्गा खरिद गरिदिने भन्दै अनिल राईले बोलाएर पैसा लुटेको पीडितले जनाएका छन्।
प्रहरीका अनुसार राईले जग्गा बैना गर्ने भनी मालपोत कार्यालय बोलाएर लुटेका थिए। उनले पैसा भएको झोला लिएर मोटरसाइकलमा भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।