पूर्वमन्त्री शेर्माको निधन

पूर्वस्थानीय विकासमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य पूर्णकुमार शेर्माको बुधबार अपराह्न ४ बजे निधन भएको छ। काठमाडौंको निदान हस्पिटल पुल्चोकमा उपचारका क्रममा उनको निधन भएको हो।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि शेर्मा उपचाररत थिए। विसं २००० असोज १२ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सराङडाँडामा जन्मेका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री थिए। उनले नेपाली काँग्रेस पाँचथरको दुईपटक सभापति भएर पार्टीको नेतृत्व गरेका थिए।

 विसं २०५७ मा भएको १०औँ र २०६१ सालमा भएको ११औँ अधिवेशनमा शेर्र्मा जिल्ला सभापतिमा निर्वाचित भएका थिए। यस्तै उनी पार्टीको तिनै महाधिवेशनबाट दुईपटक केन्द्रीय सदस्यमा निर्वाचितसमेत भइसकेका थिए।

शेर्मा २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्चसमेत हुन्। शेर्मा दुई श्रीमतीमध्ये कान्छी जनिमायाँ मगरको साथमा काठमाडौँ बस्दै आएका थिए। उनका दुई छोरा र पाँच छोरी छन्। 

प्रकाशित मिति: : 2020-03-12 09:08:30

प्रतिकृया दिनुहोस्