शिवम प्लास्टिक उद्योगमा आगलागी भएको छ। बुढीगङ्गा गाउँपालिकामा २ बाँसबारीमा रहेको उद्योगमा आगलागी भएको हो।
बिहान तीन बजेदेखि लागेको आगो दुई घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। उद्योगका व्यवस्थापक मालचन्द मुन्दडाका अनुसार मुख्य प्लान्ट पड्किएर आगो लागेको हो। उद्योगले २४ घण्टा नै प्लास्टिकका बोरा उत्पादन गर्दै आएको छ। उद्योगले दैनिक २२ देखि २५ टन बोरा उत्पादन गर्दै आएको छ।
आगलागीबाट उद्योगको दुई वटा प्लान्ट, फेब्रिक उत्पादन गर्ने मेसिन १० वटा, दाना, प्लान्टको प्यानल जलेर नस्ट भएको उद्योगका व्यवस्थापक मालचन्द मुन्दडाले बताए।
आगलागीबाट कति क्षति भएको छ भन्ने बारेमा विस्तृत विवरण आउन बाँकी छ।