अमेरिकी सेयर बजारमा चरम मन्दी, २००८ यता सबैभन्दा तल पुग्यो इन्डेक्स 

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिकी शेयर बजारमा चरम मन्दी देखिएको छ। सन् २००८ को मन्दीपछि पहिलोपटक डाव सेयर इन्डेक्स २०१३.७६ अंकले ओरालो लागेर  ७.८ प्रतिशतमा पुगेको छ।

कोरोना भाइरस संक्रमण र साउदी अरब र रूसबीचको तेल युद्धका कारण अमेरिकी सेयर बजारले यस्तो कालो दिन देख्नु परेको बताइन्छ। 

केही समय यता कोरोना भाइरस संक्रमणको प्रभाव अमेरिकी सेयरबजार लगायत समग्र अर्थतन्त्रमै पर्दै आएको हो। त्यसमा पनि सोमबार तेलको भाउ बितेको ३० वर्षमा सबैभन्दा तल पुग्यो । 

दुई ठूला तेल उत्पादक राष्ट्र साउदी अरब र रूसबीच तेलको मूल्य-युद्घ चरम सिमामा पुगेपछि यो अवस्था सिर्जना भएको हो। 

अमेरिकी सेयर बजार र अर्थतन्त्रको दारूण दृश्य राष्ट्रपति ट्रम्पको भाग्य र भविष्यसँग जोडिएको छ। यही अवस्था कायम रहे अमेरिकी अर्थतन्त्र धराशायी हुने र त्यसले ट्रम्पलाई एक कार्यकालमै सिमीत बनाउने राजनीतिक पण्डितहरू भविष्यवाणी गरिरहेका छन्। 

यो मूल्य युद्ध कायमै रहन्छ वा रोकिन्छ ? यसै भन्न सकिने अवस्था छैन। त्यसैमा अहिले अमेरिकी सेयर बजारको भविष्य निर्भर रहने बताइएको छ। 

अमेरिकी अरू सेयर बजारको अवस्था पनि नाजुक मोडमा पुगेको छ। एसियाली र युरोपेली सेयर बजारको अवस्था पनि योभन्दा भिन्न छैन। 

सेयर बजारमा गएको पहिरोले अमेरिकी कम्पनीहरूको सेयरको भाउमा पनि भारी गिरावट आएको छ। यो गिरावटसँगै सेयरको कोरबारमा संलग्न लाखौं मानिसले टाउकोमा हात राख्नुपर्ने अवस्था सिर्जना भएको छ। 

अमेरिकी सेयर बजार र अर्थतन्त्रको दारूण दृश्य राष्ट्रपति ट्रम्पको भाग्य र भविष्यसँग जोडिएको छ। आफ्नो कारणले अमेरिकी अर्थतन्त्र बलियो भएको र आफूले जिते थप दह्रो हुने मूल मुद्दामा ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिको चुनाव लडिरहेका छन्। तर, यही अवस्था कायम रहे अमेरिकी अर्थतन्त्र धराशायी हुने र त्यसले ट्रम्पलाई एक कार्यकालमै सिमीत बनाउने राजनीतिक पण्डितहरू भविष्यवाणी गरिरहेका छन्। 

 

 

प्रकाशित मिति: : 2020-03-10 15:43:19

प्रतिकृया दिनुहोस्