होली पर्वलाई लक्षितगरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीले विशेष सुरक्षा बनाएको छ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले होली विशेष सुरक्षा योजना अन्तर्गत करिव २५ सय प्रहरी भीडभाड हुने संभावित स्थानमा परिचालन गरिने बताए।
बालबालिकाले घरको छतबाट पानी छ्याप्ने क्रम बढदै गएपछि नियन्त्रणकालागि प्रहरीले अभिभावकलाई सचेत गराएको छ। इच्छा विपरीत कसैलाई रङ तथा लोला नहान्न उनले आग्रह गरेका छन्।
उनले भने, ‘ हामीले अभिभावकलाई सचेत गराएका छाैं। इच्छा विपरीत कसैलाई रङ तथा लोला हानेमा अभिवाभकलाई अभद्र ब्यावहारमा मुद्दा चलाउँछौं।’
जवर्जस्ती लोला, रङ हानेको उजुरी आउनासाथ तत्काल घटनास्थलमा पुग्नेगरी टोलि तयार राखेको पोखरेलले बताए। यसबाहेक सिसीटीभी क्यामराबाट निरन्तर निगरानी गर्ने उनले जानकारी दिए।
होलीलाई मर्यादित, सुरक्षीत र सभ्य बनाउन प्रहरीले विभिन्न स्थानमा चेक पोइन्ट राखेर निगरानी बढाउने भएको छ। मादक पदार्थ सेवन र तिव्रगतिमा सवारी कुदाउनेलाई पनि कारबाही गरिने पोखरेलले बताए।
उपत्यकालगायत पहाडी जिल्लामा सोमबार र मधेसमा मंगलबार होली पर्व मनाइन्छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं र महानगरीय प्रहरी कार्यालयले विश्वभर फेलिएको कोरोनाको संक्रमण नेपालमा पनि फैलिनसक्ने संभावनालाई ध्यानमा राख्दै होलीमा भीडभाड नगर्न आग्रह गरेको हो।
गृहमन्त्रालयले पनि कोरोना भाइरसको संक्रमण फैलन सक्ने संभावनालाई मध्यनजर गदै होलीमा भिडभाड, सांगितिक कार्यकम नगर्न आग्रह गरेको छ