अब परराष्ट्रमन्त्री जयशंकरले आफ्नो मन्त्रालयको ‘रिर्पोर्टिङ’ मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग गर्नुपर्ने

तस्बिरः एजेन्सी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल विदेश मन्त्रालय अन्तर्गतका सम्पूर्ण जिम्मेवारी दिइएको छ ।

अब परराष्ट्रमन्त्री एस.जयशंकरले आफ्नो मन्त्रालयको ‘रिर्पोर्टिङ’ सल्लाहकार डोभललाई गर्नुपर्ने हुन्छ । राष्ट्रिय सुरक्षा, नीति मामला, विदेश मामला नीति, विदेश मन्त्रालय, प्रवासी भारतीय मामला, रक्षा, अन्तरिक्ष, परमाणु ऊर्जा र अनुसन्धान तथा विश्लेषण विभागको मन्त्रालयसँग सम्बन्धित सम्पूर्ण कार्य उनको मातहतमा हुने भारतीय विदेश मन्त्रालय स्रोतले जनाएको छ ।

यसअघि भारतीय जासुस एजेन्सी ‘रअ’ ले प्रधानमन्त्रीलाई रिर्पोटिङ गथ्र्यो अब डोभलाई गर्नुपर्ने हुन्छ । या ेसँगै छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध कस्तो हुने त्यसको विश्लेषण गरी नीति बनाउने जिम्मेवारी पनि डोभलकै हुने भएको छ ।

त्यति मात्र होइन, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र रसायनिक हतियारका लागि राष्ट्रिय प्राधिकरणसँग सम्बन्धित सबै विषयको रेखदेख उनकै मातहतमा हुने बताइएको छ ।

त्यसैगरि, नेशनल सोशलिस्ट काउन्सिल अफ नागालैंडमा रहेका अलगावादीसँग वार्ता गर्ने जिम्मेवारी पनि डोभललाई नै दिइएको छ ।

प्रकाशित मिति: : 2019-09-22 11:43:04

प्रतिकृया दिनुहोस्