टंक राज कुलुङको ‘चौपा युयान्ना’ सार्वजनिक 

नेपाल आफैंमा धेरै जातजाति भाषा धर्म संस्कृति, रहनसहन, परम्परा, साहिष्णुता ईत्यादि भएको राष्ट्र हो। नेपालीको गीत संगीतको बजार सानो रहेको छ भने यहाँ बोलिने मातृभाषाको अझै हालत भने दिनप्रतिदिन लोपोन्मुख जस्तै बन्दै गइरहेको छ। 

त्यसमाथि कुनै पनि संस्कृति, भाषासंँग सम्बन्धित रहेर काम गर्न एकदमै गाह्रो छ।  त्यससंगै लगानी गर्ने कुरामा धेरै अप्ठ्यारो कुरा हुन्। यसै बीचमा रहेर पनि टंक राज कुलुङले किराँत कुलुङ भाषाको गीतसंगीतमा लगानि गरेका छन्। 

अहिलेको युवापुस्ताइ केन्द्रीत गरेर तयार भएको गीतको भिडियोमा मेलिना राई र उदय सोताङको स्वर समिना कुलुङको शब्द डक्टर किरातको संगीत छ भने भिडियोमा सोना पालुङवा र टंक राज होङेलुको अभिनय  छ।

त्यसैगरी भिडियोको छायाँकनमा उत्सव दाहाल, सम्पादनमा विकास दाहाल र निर्देशन राजेश पुमा राईले गरेका हुन्। 

भिडियोमा कलाकारको अभिनय सँगै निर्देशक तथा सिनेमाटोग्राफरको काम तारिफयोग्य रहेको देखिन्छ। 

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: : 2020-03-06 20:58:16

प्रतिकृया दिनुहोस्