दिल्ली हिंसाबारे पाकिस्तानले दियो माेदी सरकारलाई धन्यवाद

एजेन्सी

काठमाडाै‌ं

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दिल्लीमा भएको दंगाबारे भारतलाई धन्यवाद दिएका छन् ।

दिल्लीको उत्तर–पूर्वी जिल्लामा फरवरी २४–२६ मा भएको हिंसामा ५० जना मारिएका छन् भने दुई सय भन्दा धेरै घाइते छन् । ज्यान गुमाउनेहरुमा अधिंकाश मुसलमान छन् ।

खानले एक ब्याङ्गात्मक ट्वीट गर्दै मोदी सरकारलाई बधाइ दिएका हुन्।  उनले लेखेका छन्, ‘म हिन्दुवादी मोदी सरकारद्वारा भारत र भारत प्रशासित कश्मीरमा मुसलमानहरुमाथि भएको दमन र नरसंहारका विरुद्ध बोलेकोमा सर्वोच्च नेता खामेनेई र राष्ट्रपति आर्दोआनलाई धन्यवाद भन्न चाहन्छु ।’

यता इरानका सर्वोच्च धार्मिक नेता आयातुल्लाह खामेनेईले भारतमा मुसलमानहरुमाथि अन्याय भइरेहेको बताएका छन्। उनले यो घटनाले विश्वभरीका मुसलमानहरु दुखी रहेको बताएका छन्।

उनले भनेका छन्, ‘भारतमा ‘मुसलमानको नरसंहार’ घटनामा विश्वभरीका मुसलमानको मन दुखेको छ । भारत सरकारले कट्टर हिन्दु र उनको पार्टीलाई रोक्न आवश्यक छ र इस्लामी दुनियाका तर्फबाट भारतलाई अलग गर्ने कार्यबाट बच्नका लागि भारतले त्यहाँका मुसलमानहरुमाथिको नरसंहार रोक्नुपर्छ ।’

प्रकाशित मिति: : 2020-03-06 20:28:35

प्रतिकृया दिनुहोस्