संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा

बिएल

संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराइएको छ । नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाली झण्डा फहराइएको हो ।

यूएईको स्थानीय समयानुसार शुक्रबार साँझ ९ः१० (१० बजेर ५५ मिनेट नेपाली समय) मा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवनमा पहिलो पटक फहराइएको हो । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार सरकारको अनुमतिमा १ मिनेटसम्म बुर्ज खलिफाको भवनमा नेपाली झण्डा फहराइएको हो ।

राजदूत ढकालले संसारको अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा फहराउँदा नेपाली पहिचान, नेपालले तय गरेको पर्यटन वर्ष २०२० लाई समेत सहयोग पुग्ने बताए ।

यसैबीच नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा बिहीबार दूतावासमा समेत झण्डोत्तलन तथा दीप प्रज्ज्वलन गरिएको थियो । आज शुक्रबार यूएईमा रहेका नेपाली संघसस्थाको उपस्थितिमा दूतावासमै कार्यक्रमसमेत गरिएको छ।

त्यस्तै आउँदो आइतबार दूतावासकै आयोजनामा बोब अल क्युसार होटेलको सभा हलमा १ सय २० भन्दा धेरै देशका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम गरिने राजदूत ढकालले जानकारी दिए ।

प्रकाशित मिति: : 2019-09-21 00:53:50

प्रतिकृया दिनुहोस्