टिपरकाे ठक्करबाट हजुरबुवा–नातिनीले ज्यान गुमाए

विराटनगरमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ। 

विराटनगरमा महानगरपालिका–१९ स्थित मिलनचोकमा उत्तरतर्फबाट आइरहेको को१क २९१७ नंको टिपरले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई मंगलबार राति ९ः३० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीका अनुसार टेम्पो चालक ग्रामथान गाउँपालिका बस्ने ४५ वर्षीय बाबुराम सरदार र उनका छ वर्षीया नातिनी आरोही सरदारको मृत्यु भएको हो।

घटनापछि आक्रोशित स्थानीयवासीले टिपरमा आगजनी गरेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङ तथा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले भिडलाई हटाएर दमकलको सहयोगमा आगो निभाएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङले टिपर चालक सुनसरी रामधुनी नगरपालिका ५ बस्ने ३३ वर्षीय हरेराम चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2020-03-04 22:25:02

प्रतिकृया दिनुहोस्