धनकुटामा विद्यार्थी बिरामी परेपछि विद्यालय बन्द

धनकुटाको चौबिसे गाउँपालिका–२, केराबारीको बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरू बिरामी परेपछि विद्यालय बन्द गरिएको छ। 

गएको हप्तादेखि विद्यार्थीमा झोक्राउने, हिँड्न नसक्ने, रुघाखोकीको जस्ता लक्षण देखिएपछि विद्यालय एक हप्ताका लागि विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाप्रसाद खतिवडाले जानकारी दिए। 

विद्यार्थीको जाँच गर्दा मौसमी रुघाखोकीको समस्या देखिएको धविद्यालयका प्रधानाध्यापक महेश सिंहले बताए। कक्षा १ देखि ३ सम्म सञ्चालन भएको विद्यालयमा १८ जना विद्यार्थीहरु अध्ययनरत छन्। 

प्रकाशित मिति: : 2020-03-04 21:10:42

प्रतिकृया दिनुहोस्