संसारमा एक मात्र ठाउँमा सालिग्राम पाउने कृष्ण गण्डकी अर्थात काली गण्डकी हिजोआज अत्याधिक ढुङ्गागिट्टी दोहनकाे शिकार बनेकाे छ। वहुमूल्य सालिग्राम पाउने याे नदी दाेहनकाे चपेटामा परेपछि यसकाे धार्मिक तथा सांस्कृतिक पक्ष लाेप हुन थालेकाे छ।
यही लोप हुँदै गएकाे सालिग्राम संकलन गर्न पर्वत पाङ्गका पूर्व प्रधानपञ्च तथा सामाजिक अभियन्ता तेजनाथ रिजाल र उनकाे श्रीमती गाैरी रिजाल अगाडी आएका छन्। उनीहरुले लक्ष्मीनारायण मन्दिरका लागि १००८ सालिग्राम प्रदान गर्नुका साथै यसकाे संरक्षणका लागि २० लाख रुपैयाँ प्रदान गरेका छन्।
पर्वत पाङ्ग ज्योतिषशास्त्रकाे खानी मानिन्छ। यहाँबाट थुप्रै प्रकान्ड ज्योतिष र संस्कृतका पण्डित जन्मिसकेका छन्। ३ दशक अगाडीसम्म याे ठाउँमा ज्योतिषशास्त्र पढ्न नेपालका विभिन्न स्थानबाट मानिसहरु आउने गर्दथे। यही तत्कालिन पाङ्ग पञ्चायतकाे प्रधानपञ्च भएर लामो समय सेवा गरेका रिजाल पाङ्गको भौतिक विकाश र शैक्षिक विकासमा उनकाे ठूलाे योगदान छ।