गाँजा खेती वैध गराउन सांसदमा विधेयक दर्ता

पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले गाँजासम्बन्धी गैरसरकारी विधेयक संसद सचिवालयमा दर्ता गराएका छन्। प्रतिनिधिसभा सांसदमा गाँजालाई खुला गर्नुपर्ने भन्दै सांसद तामाङले सोमबार गैरसरकारी विधेयक दर्ता गराएका हुन्।

‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’मा गाँजामा औषधीय गुण हुने भएकाले यसमा प्रतिबन्ध लगाउन नहुने उल्लेख छ। किसानले आफ्नै लालपुर्जा भएको जग्गामा गाँजा लगाउन पाउनुपर्ने र त्यसको खरिद तथा व्यवस्थापन सरकारको तर्फबाट गरिनुपर्ने विधेयकमा प्रस्ताव गरिएको छ।

‘गाँजा निर्यात गरी आयआर्जन बढाउन सकिन्छ,’ उनले भने,‘गाँजाको प्रतिवन्ध फुकुवा भएमा ८० प्रतिशत युवा विदेशबाट स्वदेश फर्किनेछन्।’

यसअघि सांसद बिरोध खतिवडाले गाँजाले नेपालको अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने र किसानहरुको आयस्तरमा समेत परिवर्तन ल्याउने भन्दै संसद सचिवालयमा निवेदन दिएका थिए।

प्रकाशित मिति: : 2020-03-03 05:48:40

प्रतिकृया दिनुहोस्