आर्मेनियालाई भारतले बेच्यो ४ करोड डलरको हतियार

एजेन्सी

नयाँ दिल्ली

भारतले आर्मेनियासँग ४ करोड डलर बराबरको रक्षा सम्झौता गरेकोे छ। कुनै बेला सोभियत संघमा रहेको युरोपको इसाई बाहुल्य देशमा भारतले पहिलो पल्ट यति ठूलो मात्रामा रक्षा सम्झौता गरेको हो। 

सरकारी श्रोतले जनाएअनुसार रुस र पोल्यान्ड जस्ता दिग्गज कम्पनीलाई पछि पार्दै भारतले ४ वटा ‘विपन लोकेटिङ रडार (डब्लुएलआर)’ बेच्न लागेको छ। आर्मेनियाका लागि रक्षा अनुसन्धान र विकाश संगठन तथा भारतका लागि इलेक्ट्रोनिक्स लिमिटेडले संयुक्त रुपमा यस राडारको निर्माण सुरु गरेको हो। 

आर्मेनियाले यस अघि रुस र पोल्यान्डको प्रणालीको परीक्षण पनि गरेको थियो। तर, भारत सम्झौता प्राप्त गर्न सफल भयो। विरोधीको हतियार पत्ता लगाएर समाप्त पार्न यसले सेनालाई सहयोग गर्छ। यो तीबै गति, स्वचालित र विरोधीविरूद्ध सटिक लोकेशन पत्ता लगाउने मोर्टार, गोला–बारुद र रकेटको लेन्स हो। यसको मार हान्ने क्षमता ५० किलोमिटरको छ। 

यसको राडारले सहजै विरोधीको हतियार पत्ता लगाएर हमला गर्न सक्छ। यसको लागि दुई मिनेटको समय नै पर्याप्त हुने बताइएको छ। 
 

प्रकाशित मिति: : 2020-03-03 01:55:38

प्रतिकृया दिनुहोस्