पौडेललाई चीनबाट फिर्ता बोलाइयो, नयाँ राजदूतमा पाण्डे सिफारिस

सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत पौडेललाई १५ दिन भित्र फिर्ता बोलाउने निर्णय गरेको हो।

बैठकले नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम सिफारिस गरेका हुन्। त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले मौन सहमति जनाएका थिए।

ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला पाण्डेलाई राजदूत सिफारिस गरेको थियो। तर ओली सरकार ढले लगतै तत्कालीन माओवादी- कांग्रेस गठबन्धनको सरकारले ओली सरकारले सिफारिस गरेका नामहरु फिर्ता लिएको थियो।

स्मरण रहाेस् पूर्व मुख्यसचिव पौडेललाई २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त गरिएकाे थियाे।

प्रकाशित मिति: : 2020-03-02 10:48:52

प्रतिकृया दिनुहोस्