महोत्तरीमा एक अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एक जना गम्भीर घाइते भएका छन्। महोत्तरीको मनरासिसवा नगरपालिका–३ मा बस्ने सहदेवप्रसाद यादवमाथि शनिबार राति २ बजे गोली प्रहार भएको हो।
घाइते अवस्थामा रहेका यादवको जनकपुरस्थित जानकी हेल्थकेयर हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
उनको छातीमुनि गोली लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए।
यादव अहिले खतरामुक्त रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।