कार्यभार सम्हाल्न आइपुगे भारतीय राजदूत क्वात्रा

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आइतबार काठमाडौं आइपुगेका छन्। उनी  आफ्नो कार्यभार सम्हाल्न बिहान करिब ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

उनलाई विमानस्थलमा काठमाडौंस्थित भारतीय दूतावासका डीसीएम अजय कुमारलगायतले स्वागत गरेका थिए।

क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए। फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका हुन्।

सन् १९८८ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका उनले एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा भारतको प्रतिनिधित्व गरेका थिए।
 

प्रकाशित मिति: : 2020-03-02 00:35:03

प्रतिकृया दिनुहोस्