ठक्कर दिएर फरार भएका माइक्रोबसका चालक र मालिक नियन्त्रणमा

एक साताअघि स्वयम्भुमा दिदिभाइलाई ठक्कर दिएर फरार माइक्रोबसका चालक र मालिक दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले एक सातापछि शनिबार फरार चालक र गाडी धनीलाई नियन्त्रणमा लिएको हो। 

प्रहरीले गाडी चालक दोलखा घर भएका रामहरी खड्का र गाडीधनी हेटौंडाका पुष्प लामिछानेलाई नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। 

फागुन ११ गते बिहान ४ बजेर ४० मिनेटमा काठमाडौंबाट काँकरभिट्टा जाँदै गरेको बा ४ ख २३०३ नम्वरको माइक्रोबसले ठक्कर दिएर फरार भएको थियो। माइक्रोबसको नम्बरसमेत खुल्न सकेको थिएन

माइक्रोबसको ठक्करबाट गोरखा घर भएकी ४० वर्षीय छिरिङ ठिकी लामा र उनका भाइ तेन्जिङ लामालाई ठक्कर दिएको थियो। दुबै जनाको अवस्था गम्भिर रहेको डिएसपी बोगटीले जानकारी दिए।

प्रकाशित मिति: : 2020-03-01 10:21:42

प्रतिकृया दिनुहोस्