अमेरिकासँग भारतको ३ अर्ब डलरको रक्षा सम्झौंता

अमेरिका र भारतबीच रक्षा, सुरक्षा, व्यापार र निवेशको विषयमा व्यापक छलफल भएको छ। द्धिपक्षीय वार्ताका क्रममा भारतले अमेरिकासँग ३ अर्ब डलर बराबरको रक्षा सम्झौंता गरेको छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीच व्यापार सम्झौंतालाई नयाँ उचाई दिन पनि वार्ता भइरहेको बताइएको छ। 

दुई देशले सार्वजनिक गरेको साझा विज्ञप्तीमा प्रधानमन्त्री मोदीले अमेरिकी समकक्षीको भारत भ्रमणलाई लिएर धन्यवाद ज्ञापन गरेका छन्। यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भारतको दुई दिने भ्रमण अभूतपूर्व भएको र विशेष गरेर अहमदाबादको मोटेरा रंगशालामा गरिएको स्वागतले आफू अनुग्रहित भएको बताए। 

विज्ञप्तीमा ट्रम्पले आफ्नो कार्यकालमा भारतमा अमेरिकी निर्यात लगभग ६० प्रतिशतले बढेको र उर्जा निर्यातमा ५०० प्रतिशतको बढोत्तरी भएको बताए। ट्रम्पले भारत भ्रमणका क्रममा सुरक्षित ५जी वायरलेस नेटवर्कको महत्वको विषयमा पनि चर्चा भएको बताए। उनले रक्षातर्फ अपाचे र एमएच–६० रोमियो हेलिकोप्टरसहित उत्कृष्ट सैन्य उपकरणमा ३ अर्ब डलरको सम्झौंता विस्तार भएको बताए। 

प्रकाशित मिति: : 2020-02-27 01:17:36

प्रतिकृया दिनुहोस्