आजकाे माैसम: मध्य र पश्चिमका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने

शुक्रबार मध्य र पश्चिमका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मध्य र पश्चिमका पहाडी तथा हिमाली केही ठाउँमा चट्याङ पर्ने संभावना रहेकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ।

पूर्वी क्षेत्रमा भने आज बादल लाग्ने महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएकाले पानी पर्ने महाशाखाले जानकारी दिएको छ।

यस्तै, मध्य र पश्चिमका हिमाली भेगमा हिमपात हुने पनि संभावना रहेको छ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान    

फागुन ०९ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा र पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ।  पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिन्छ।

फागुन १० गते (शनिबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरु र पश्चिमी पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ।

रातीः पहाडी भेगमा आंशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहने छ |

फागुन ११ गते (आईतबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

रातीः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
 

प्रकाशित मिति: : 2020-02-21 21:30:09

प्रतिकृया दिनुहोस्