पशुपति परिसरमा चाप, सार्वजनिक गाडी प्रयोग गर्न अनुरोध

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौं गौशाला, चाबहिल, विमानस्थल, पुरानो बानेश्वर, रातोपुल लगायतका क्षेत्रमा गाडीको चाप बढेको छ। 

शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको भीड बढेका कारण गाडी चापमा चलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। 

गाडीको केही चाप रहे पनि अहिले नै बाटो मोडेर पठाउनुपर्ने अर्थात डाइभर्ट गर्नुपर्ने अवस्था भने नरहेको उनले बताए। 

पशुपतिनाथ मन्दिरमा जानेहरुका गाडी राख्न तिलगंगा क्षेत्र, सिफल चौर र गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइएको छ। यसैबीच ट्राफिक प्रहरीले पशुपतिनाथ दर्शनका लागि जाँदा सकेसम्म सार्वजनिक गाडी प्रयोग गर्न आग्रह गरेको छ। 

नीजि गाडी पार्किङमा समस्या हुने र चाप पनि बढ्ने भएकाले दर्शनका लागि जाँदा सकेसम्म सार्वजनिक गाडीमा जान आग्रह गरिएको हो। 

ट्राफिक व्यवस्थापनका लागि तिलगंगा क्षेत्र, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत तथा ट्राफिक प्रहरी प्रधान गौशाला, सिफल चौर र गुहेश्वरी पारी गरी पाँच स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट एक लाइन व्यवस्था गरिएको। यस्तै बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट तीलगंगा भएर पिंगलास्थान–सुमार्गी भवन अगाडि भएर चार शिवालय पञ्चदेवलहुँदै दक्षिण ढोकाबाट दुईवटा लाइन रहने। 
 

प्रकाशित मिति: : 2020-02-21 21:06:25

प्रतिकृया दिनुहोस्