थाईल्यान्डको बौद्ध मन्दिरबाट उद्धार गरिएकामध्ये ८६ वटा बाघको मृत्यु

REUTERS

थाईल्यान्डको एउटा विवादास्पद बौद्ध पर्यटकीय केन्द्रबाट उद्धार गरिएका एक सय ४७ बाघमध्ये आधाभन्दा बढीको मृत्यु भएको छ । टाइगर टेम्पल भनिने उक्त स्थानबाट सन् २०१६ मा उद्धार गरिएका ८६ वटा बाघको मृत्यु भएको हो।

थाई अधिकारीहरूले सीडीभी भनिने केनाइन डिस्टेम्पर भाइरसका कारण केही बाघ बिरामी परेको बताएका छन्। धेरैलाई सास फेर्न अनि खान अप्ठेरो भएको थियो। यो समस्याका भएका धेरै बाघको अन्ततस् मृत्यु भयो।अधिकारीहरूले बाघको प्रजननसँग जोडिएका आनुवंशिक कारणले पनि ती संरक्षित जीवको मृत्यु भएको दाबी गरेका छन्।

रोएटर्स समाचारसंस्थासँग कुरा गर्दै टाइगर टेम्पलका संरक्षक अथिथत श्रीमानीले प्रजननका कारण बाघको मृत्यु भएको अस्वीकार गरे। उनले सरकारले आरोप प्रत्यारोपको खेल खेलिरहेको बताए।वाइल्डलाइफ फ्रेन्ड्स फाउन्डेशन थाईल्यान्डका एड्विन विकले बीबीसीसँग कुरा गर्दै बाघहरूलाई सानो पिँजडा खाँदिएकाले रोग फैलिएको बताए।

उचित आहारा र पोषण, सफा पानी र हिँडडुल गर्न मिल्ने फराकिलो क्षेत्र उपलब्ध गराउँदा उनले केनाइन डिस्टेम्पर निको पार्न सकिने उनले बताए। तर सरकारले सीमित बजेट उपलब्ध गराएको त्यो सम्भव नभएको उनको भनाइ छ।

सन् २०१६ मा प्रहरीले छापा मारेपछि बाघहरूलाई राचाबुरी प्रान्तमा रहेका दुईवटा प्रजनन केन्द्रमा सारिएको थियो। त्यत्तिकै छोड्दा जीवित रहने सम्भावना न्यून हुने ठानेर बाघलाई त्यहाँ राखिएको विश्वास गरिन्छ। तरअहिले १४७ मध्ये ६१ वटा बाघ मात्रै जीवित छन्।

प्रकाशित मिति: : 2019-09-18 10:37:25

प्रतिकृया दिनुहोस्