विद्युत चोरी गरिरहेका २३ जना पक्राउ

पर्साको ग्रामिण भेगबाट विद्युत चोरी गरिरहेको अवस्थामा २३ जना पक्राउ परेका छन्। विद्युत प्राधिकरण पोखरीया वितरण शाखाले गएराति उनीहरूलाई पक्राउ गरेको छ ।

विद्युत पोलबाट हुकीङ गरी चोरी गरीरहेको अवस्थामा वितरण शाखाको टोलीले सखुवाप्रसौनी, बहुदरमाई बिन्दबासनीबाट उनीहरूलाई पक्राउ गरेको कार्यालय प्रमुख उपेन्द्रनारायण यादवले जानकारी दिए।

पक्राउ परेको सबैलाई ईलाका प्रहरी कार्यालय पोखरियामा राखिएको कार्यलय प्रमुख यादवले जानकारी दिए।

घरमा विद्युत मिटर भए पनि उनीहरूले पोलबाट डाईरेक्ट हुकीङ गरि विद्युत चोरी गरिरहेको अवस्थामा पक्राउ परेको जनाएको छ ।

प्रकाशित मिति: : 2020-02-17 23:47:52

प्रतिकृया दिनुहोस्