नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले पार्टी फुटाउने र जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र कुनै स्थान नरहेको बताए छन।
कर्णाली प्रदेश प्रेस सङ्गठन नेपालले रुकुम पश्चिम चौरजहारीमा गरेको भेला तथा शपथग्रहण कार्यक्रममा पार्टीका राम्रा कामको प्रचार र गलत कुराको आलोचना गर्न पाउनु जनताको अधिकार भएको भन्दै उहाँले सरकार दलाल र माफियाको जालो घेराबन्दीमा परेको बताए। छिटो त्यो जालो तोड्न प्रधानमन्त्रीलाई उनले आग्रह गरे।
केन्द्रले कर्णालीको आवाज कम सुन्छ भन्दै उहाँले कर्णालीमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए। दुई वर्षदेखि रुकुम पश्चिममा सङ्घीय सरकारको बजेट रोकिएको तथा कर्णालीको विकास लगानी कम भएको भन्दै उनले राज्यले कर्णालीलाई हेला गरेको जिकिर गरे।
उनले यहाँको विकासका लागि पत्रकारितामार्फत बुलन्द आवाज उठाउन पत्रकारलाई आग्रह गरे। ‘जनताको आलोचना नै हाम्रो ऊर्जा हो’, शर्माले भने।