‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम कोइलाडीमा शुरु

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा/मुद्दती बचत कार्यक्रम शुरुआत भएको छ ।

गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले सो कार्यक्रमको  बीमा कागज हस्तान्तरण गर्दै शनिबार शुभारम्भ गरे। पहिलो दिन शिविरमा ७ वटा वडाका १०३ बालिकाको बीमा गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेशकुमार झाले जानकारी दिए।

सो अवसरमा बालिकाको स्वास्थ्य जाँच समेत गरिएको थियो ।  ती मध्ये तीन बालिकामा कुपोषित देखिएको गाउँपालिकाका स्वास्थ्य शाखाका दिपककुमार मण्डलले जानकारी दिए।

बीमा कार्यक्रमले २०७५ साल माघ १ गतेदेखि हालसम्म जन्मेका बालिकालाई समेटेको जनाइएको छ । आज वडा नं ४ कोइलाडीस्थित जिरिया हाटमा शिविर सञ्चालन गरिने छ ।

प्रकाशित मिति: : 2020-02-16 20:27:37

प्रतिकृया दिनुहोस्