नेपाली खानालाई प्रोत्साहन गर्न महोसत्व

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी  झापाको अर्जुनधारा नगरपालिकामा बृहत अर्जुनधारा नगर महोत्सव हुने भएको छ।

उक्त महोसत्व नेपाली खानालाई प्रोत्साहन र स्थानीय क्षेत्रमै उत्पादित कृषि उपजको प्रदर्शनी गर्ने उद्देश्यले यही फागुन ४ देखि १५ गतेसम्म हुने भएको हो।

नगरप्रमुख हरिकुमार रानाका अनुसार महोसत्वमा प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई नगरपालिकाभित्रका पर्यटकीय क्षेत्र शहीदपार्क, अर्जुनधारा जलेश्वरधाम, सहकाले झरना आदिको भ्रमण गराइनेछ।

'नगरका ११ वडामा गोबरजाँच, पशु बन्ध्याकरण, कृत्रिम गर्भाधान, प्राविधिक परामर्श, अभिमुखीकरण, बाली उपचार, कृषि प्रविधिसम्बन्धी ब्रोसर वितरण, माटो परीक्षणलगायत नगरका योजना विषयमा जानकारी गराइनेछ' उनले भने।

महोत्सवलाई नगरपालिकाले रु २२ लाख बजेट विनियोजन गरेको उनको भनाई छ।

‘सात दिनमा सात प्रदेश’को मूल नारासहित मेचीनगर नगरपालिका वडा नं ४ को बाहुनडाँगी बजारमा यही फागुन १७ देखि २३ गतेसम्म 
बाहुनडाँगी सङ्गीत तथा पर्यटन महोत्सव आयोजना गरिनेछ।

ग्रामीण संस्कार, संस्कृति, रहनसहन, रीतिरिवाजको चिनारी दिन महोत्सव सञ्चालन गर्न लागिएको आयोजक बाहुनडाँगी जेसिज सन् २०१९ का अध्यक्ष कञ्चन उप्रेतीले जानकरी दिए।

महोत्सवमा विभिन्न जातीय परिकार, संस्कृति तथा पर्यटन, व्यावसायिक, जनचेतनामूलकलगायत ४० कक्ष रहनेछन्। 

 

प्रकाशित मिति: : 2020-02-16 01:21:37

प्रतिकृया दिनुहोस्