संसदमा प्रधानमन्त्रीको सम्बोधन आज नहुने

बिएल संवाददाता

काठमाडाै‌ं

प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सरेको छ।

नेपाली कांग्रेसबाट प्रदेश ५ को प्रदेशसभा सदस्यमा निर्वाचचित रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको शुक्रबार बिहान रुपन्देहीमा निधन भएपछि बैठकले शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद स्रोतले जनाएको छ।

ओलीले नेतृत्व गरेको वर्तमान सरकार यही फागुन ३ गते दुई वर्ष पुग्दैछ। आजको प्रतिनिधिसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको थियो। तर कांग्रेसले शोकका कारण सदन स्थगित गर्न माग गरेको थियो।
 

प्रकाशित मिति: : 2020-02-15 02:18:40

प्रतिकृया दिनुहोस्