प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न कांग्रेसको माग

बिएल संवाददाता

काठमाडाै‌ं

 प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज प्रतिनिधिसभामा हुन लागेको प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको छ।

क्यान्सरबाट पीडित राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको शुक्रबार बिहान रुपन्देहीमा निधन भएको भन्दैको आजको सदन स्थगित गर्न कांग्रेसले माग गरेको हो। 

शोकका कारण सदन स्थगित गर्न माग गर्दै कांग्रेस सचेतक पुष्पा भुसाल संसद सचिवालयमा पुगेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकाल दुई वर्ष पुगेको अवसरमा सरकारका उपलब्धीबारे आज प्रतिनिधिसभालाई जानकारी गराउने कार्यसूची छ।

ओलीले नेतृत्व गरेको वर्तमान सरकार यही फागुन ३ गते दुई वर्ष पुग्दैछ।

सम्बोधनको क्रममा ओलीले सरकारका कामकारबाहीबारे जानकारी दिनुका साथै समसामयिक घटनाक्रमका विषयमा समेत बोल्ने उनको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-02-15 01:43:29

प्रतिकृया दिनुहोस्