आज रेडियो दिवस, व्यावसायिक प्रसारण सुरु भएको सय वर्ष पूरा

आज फेब्रुअरी १३ तारिख अर्थात विश्व रेडियो दिवस।

संयुक्त राष्ट्रसंघीय शैक्षिक सामाजिक तथा सास्कृतिक संगठन युनेस्कोले सन २०११ को नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखमा विश्व रेडियो दिवस मनाउने घोषणा गरेको थियो। 

विश्वमा व्यावसायिक रेडियो प्रसारण सुरु भएको सय वर्ष भएको छ भने नेपालमा भने रेडियो प्रसारण सुरु भएको ६९ वर्ष पुगेको छ । नेपालमा २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो। सरकारीस्तरबाट २००७ साल चैत २० गते सिंहदरबारमा रेडियो नेपालको स्थापना गरिएको थियो । यस्तै २०५२ सालदेखि एफएमको प्रसारण सुरु भएको हो । 

२०५२ सालदेखि एफएम प्रशारण सुरु भएको थियो। अहिले नेपालमा एफएम रेडियोको संख्या ७ सय ४० पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-02-13 20:57:41

प्रतिकृया दिनुहोस्