वागमती प्रदेशको भौतिकमन्त्रीमा रामेश्वर फुयाँल नियुक्त

वाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा रामेश्वर फुयाँल नियुक्त भएका छन्। मंगलबार मुख्यमन्त्री डोरमणि पौडेलले उनलाई भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेका हुन्।

गत कात्तिक १६ गते मुख्यमन्त्री डोरमणि पौडेलले केशव स्थापितलाई बर्खास्त गरेपछि प्रदेशको भौतिक योजना तथा विकास मन्त्रालय मन्त्रीविहीन थियो।

वाग्मती प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक रहेका फुयाँल गाविस अध्यक्ष, जिल्ला विकास समितिको उपसभापति, संधिानसभा सदस्य, प्रदेशसभा सदस्य हुँदै मन्त्री बान लागेका हुन्। उनलाई बुधबार शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-02-13 01:11:10

प्रतिकृया दिनुहोस्