त्रिभुवन विमानस्थलमा भएको आगलागीको छानबिन गर्न समिति गठन

सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार भएको आगलागीको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ।

विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलको स्टेराइल क्षेत्र (प्रस्थान कक्ष)सञ्चालित कफी सपमा गएराति ८ः१५ बजे आगलागी भएको थियो।

पर्यटन मन्त्रालय (सचिवस्तर)को मंगलबारको बैठकले मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिको सदस्यमा मन्त्रालयकै उपसचिव राजन नेपाल, प्रहरी प्रधान कार्यालयका एसपी केदार ढकाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक कुलप्रसाद सिंखडा र उपनिर्देशक विक्रम गौतम रहेका छन्।

समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाइ सात दिनभित्र मन्त्रालय समक्ष सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति: : 2020-02-12 10:42:02

प्रतिकृया दिनुहोस्