तपाईं हामी मोबाईल फोन हातमा बोकेर हिंड्छौ तर बैतडी जिल्लाको दुबला गाउँका मानिस खल्तीमा मोबाईल बोक्दैनन् फोन घरको झ्यालमा डोरीले
बाँधेर झुण्ड्इएको हुन्छ ।
उनीहरूले कसैलाई देखाउन यसरी झुण्ड्याएका हैनन् घर भित्र र हिँड्दा नेटवर्क नआएपछि घरको झ्यालमा मोबोईल बाँधेर झुण्ड्याउन बाध्य छन् । बैतडी जिल्लाको पुरचौडी नगरपालिकामा हतपत नेटवर्क टिप्दैन टिपे पनि घाम लागेको दिन मात्रै मोबाईलमा नेटकर्व आउने समस्याले स्थानीयले सास्ती खेप्नु परेको हो ।