लिभरपुल एफ ए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ।
मंगलबार राति भएको खेलमा तेस्रो डिभिजनको श्रीउजबरीलाई १–० गोल अन्तरको साघुँरो जित निकाल्दै लिभरपुल पाँचौँ चरणमा प्रवेश गरेको हो।
खेलमा श्रीउजबरीका रो शाउन विलियम्सकोआत्मघाती गोल गरेका थिए। अब लिभरपुलले चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ।
यो खेलका लागि लिभरपुल टिमका खेलाडीको औसत उमेर १९ वर्ष १०२ दिन थियो। टिममा सात जना खेलाडी १९ वर्षभन्दा मुनिका थिए। खेलमा १९ वर्षे टोक्सटिथ बर्न जोन्सले कप्तानको भूमिका निभाएका थिए।
१९ वर्ष र पाँच दिनका जोन्स लिभरपुलका सबैभन्दा कान्छा कप्तानसमेत बनेका छन्।
एफए कपअन्तर्गत चौथो चरणको रिप्लेमा सिनियर खेलाडीहरु जाडो बिदा मनाइरहेका छन्।