ए डिभिजन लिग: फ्रेन्ड्सले एनआरटीलाई हरायाे

बिएल संवाददाता

काठमाडाै‌ं

फ्रेन्ड्स क्लबले शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी)लाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा मैदानमा मंगलबार भएको खेलमा फ्रेन्ड्सले एनआरटीलाई २–० गोल अन्तरले पराजित गरेको हो।

फ्रेन्ड्सलाई जित दिलाउन सन्जोग महर्जन र वाग्नेर डी कार्मोले एक एक गोल गरे।

पहिलो हाफमा एनआरटीसँग गोलरहित बराबरी खेलेको फ्रेन्ड्सले दोस्रो हाफमा दुई गोल गरेको थियो।

खेलको ७८ औं मिनेटमा सन्जोगको गोलबाट फ्रेन्ड्सले सुरुवाती अग्रता बनाएको थियो। त्यसपछि खेलको ८१ औं मिनेटमा ब्राजिलियन खेलाडी कार्मोले गोल गर्दै फ्रेन्ड्सलाई २–० को जित दिलाए।

फ्रेन्ड्सको लिगमा यो चौंथो जित हो। जितसँगै फ्रेन्ड्सले १० खेलमा १४ अंक जोडेको छ। फ्रेन्ड्स लिगको नवौं स्थानमा समेत उक्लिएको छ।

 सातौं स्थानको एनआरटीले १० खेलमा १५ अंक जोडेको छ।

प्रकाशित मिति: : 2020-02-05 06:34:59

प्रतिकृया दिनुहोस्