शहीद स्मारक ए डिभिजन लिगको त्रिभुवन आर्मी र मछिन्द्र क्लबबीचको खेल फागुन ३ मा हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार यो खेल ३ फागुनमा दिउँसो २ बजे दशरथ रंगशालामा हुनेछ।
अहिले आर्मी २३ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको मछिन्द्रको २२ अंक छ।
र, दुई टिमको खेलले उपाधि तय गर्ने अनुमान छ।