एट्लेटिकोका फरवार्ड मोराटा टोली बाहिर, लिभरपुलसँग हुने खेल गुमाउने

स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड अल्भेरो मोराटा टोली बाहिर रहने भएका छन्। 

मोराटाले गत सोमबार राति शहरी प्रतिद्धन्द्धी रियाल म्याड्रिडसाग १–० ले पराजित भएको खेलमा चोट बोक्न पुगेका थिए। उनी ५०औं मिनेटमा मैदानबाट बाहिरिएका थिए।

उनको दायाँ खुट्टामा चोट लागेको छ। एट्लेटिकोले मोराटा कति लामो समय मैदान बाहिर रहने त्यो खुलाएको छैन। 

उनी घरेलु मैदानमा १८ फेब्रुअरीमा हुने युईएफए च्याम्पियन्स लिगअन्तरगतको प्रि–क्वाटरफाइनलको पहिलो लेग गुमाउने छन्। च्याम्पियन्स लिग अन्तरगत एट्लेटिकोले इंग्लिस क्लब लिभरपुलसँग खेल्दैछ।

च्याम्पियन्स लिगको पहिलो लेग घरेलु मैदानमा हुनेछ भने दोस्रो लेग ३ मार्चमा लिभरपुलको मैदानमा हुनेछ।
 

प्रकाशित मिति: : 2020-02-04 21:30:09

प्रतिकृया दिनुहोस्