न्युजिल्यान्ड क्रिकेटमा ६ फिट ८ इन्च अग्ला क्रिकेटर

एजेन्सी

अकल्यान्ड

न्युजिल्यान्डको क्रिकेट टिममा ६ फिट ८ इन्च अग्ला एक बलरले स्थान पाएका छन्। भारतविरूद्ध एकदिवसीय शृंखलाका लागि उनलाई टिममा समावेश गरिएको छ। घरेलु शृंखलामा राम्रो प्रदर्शन गरेको आधारमा कायले जेमिसनलाई टिममा समावेश गरिएको हो। 

भारतसँगको तीन एकदिवसीय शृंखलामा जेमिसनले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्नेछन्। 

उनी न्युजिल्यान्डका अहिलेसम्मका सबैभन्दा अग्ला क्रिकेटर हुन्।

भारत र न्युजिल्यान्डबीच ५ टि–२० को शृंखलामा भारतीय टोलीले ३ खेल जितेर उपाधि आफ्नो नाममा लेखाइसकेको छ। थप दुई खेल खेल्न बाँकी छ। एकदिवसीय शृंखला ५ फेब्रुअरीमा हेमिल्टनबाट सुरु हुँदैछ। 

जेमिसन तीब्र गतिमा बल फ्याँक्न र स्विङ गराउन उस्ताद मानिन्छन्। २५ वर्षीय जेमिसनलाई नियमित बलरले भारतीय ब्याट्सम्यानविरूद्ध प्रभावशाली बलिङ गर्न नसकेपछि टिममा बोलाइएको हो। 

जेमिसनको जन्म अकल्यान्डमा भएको हो। उनले २५ फस्र्ट क्लास क्रिकेटअन्तर्गत घरेलु खेलमा ७२ विकेट लिइसकेको छ। उनले एउटै इनिङमा ७४ रन खर्चेर ८ विकेटसमेत लिएका छन्। 

प्रकाशित मिति: : 2020-01-31 22:38:33

प्रतिकृया दिनुहोस्