रोशन शर्मा, उमेर पच्चिस, अर्घाखाँची, उनले आफ्नै बुबाआमाबाट पीडित भएको कुरा बिएल नेपाली सेवासँग बताए। निराश अनुहार, एकदमै कम बोल्ने उसलाई मैले चिनेको पनि वर्षाैं भयो। उनी मेरो कलेजको साथि पनि हुन। कजेजमा प्रायजसो लास्ट बेन्चमा बस्थे। साथीहरुसँग कम घुलमिल हुने र कम बोल्ने स्वभावका।
कलेज सिद्धिएपछि अरु साथिहरु घर जानको लागि हस्याङ्ग फस्याङ्ग गर्दै निस्कन्थे। तर उनी भने एक्लै टोलाएर बस्थ्यो। अलि पछि एक्लै लुरुलरु घर जान्थे। उनकाे त्यस्ताे खाले स्वभावलाई अरुले याद गरे गरेनन् मलाई थाहा भएन तर म उनलाई याद गरिरहन्थे। उनी मसँग अलि खुलेर कुरा गर्थे।
त्यसबेला उनी मलाई भन्थे, 'मलाई घर जान पटक्कै मन लाग्दैन।' मलाई आश्चर्य लागथ्याे किन भन्ने प्रश्न गरिहाल्थे। धेरै दिन बाेलेनन्। अन्तिममा एकदिन एक निकै कर गर्दा, 'बुबाआमा जतिवेलै किचकिच गर्छन्। यो गरिनस्, त्यो गरिनस् भन्छन्। सुन्दा सुन्दा म त मानसिक राेगि भइसके।' त्याे दिन पनि उनी धेरै बाेलेनन्।
पढाइ नसकिदै बुबाआमाले गर्ने अपेक्षाका कारण उनी बेखुसी थिए। उनीहहरुका तमाम अपेक्षालाई पूरा गर्न सक्ने स्थिति बनेपछि छाेराछाेरीमा नैरास्यता आउँछ। यसले भयानक रुप लिन सक्छ।
म नजिकिने क्रम बढ्दै गयाे। मेरा जिज्ञासा मेटाउने उनलाई पनि कर लाग्याे। सायद उनी मलाई दुःख बिसाउने चाैतारी बनाउन खाेजिरहेका थिए। मसँगकाे निकटताले उनी हल्का भएकाे महसुस गर्न लागेका थिए।
गकदिन उनलेे लामाे सास तान्दै आफ्ना कुरा यसरी सुनाए, 'मलाई त घर पनि जेल जस्तो लाग्न थाल्या छ। काहाँ जाउ के गरौ? कहिले काहि त आत्महत्या गर्न पाए सबैलाई आनन्द हुन्थ्यो जस्तो लाग्छ।' एकै गम्भीर कुरा गरे। यसले उनकाे चरम निराशा पाेखिएकाे थियाे।
'ह्या बाउ आमाले छोराछोरीलाई गालि गरिहाल्छन् नि। तिमी पनि नचाहिने कुरा गर्छौ' मैले उनको कुरा बीचमा काट्दै भने।
उनले पनि मलाई रौक्दै भने, 'हेर बाबुआमा हुन् सम्झाउँछन्। म त्यो बुझ्छु। तर त्यो भन्दैमा म साथीहरु संग हिड्न नहुने, आफूलाई मन लागेको कुरा गर्नै नहुने त हैन नी, फेरि बाबुआमा भन्दैमा छोराछोरीलाई छि छि दुर दुर गर्ने गरी आभारा, ट्यापे भन्दै गालि गर्न हुन्छ ? गालि सुन्दा सुन्दा झन् घरमा बस्न नै मन लाग्दैन।'
यति भन्दा उसका आँखा रसाय। धेरै छाेरामान्छेहरु रुँदैनन्। उनीहरुकाे हृदय कठा हुन्छ। छुद्र स्वभावका हुन्छन् भनिन्छ। तर म उनलाई काेमल हृदयकाे पाइरहेकी थिए।
केही सम्झाएपछि उनी चुप लागे। त्यतिकैमा हामी छुट्टियाैं। बाटोभरि उनकाे कुराले मेराे मन गह्रुङ्गाे बनाइरह्याे।
२०७४ असोज महिनामा सबै साथीहरु मिलेर भ्रमण जाने निधो गर्याैं। हमी गोदावरी पुग्याैं। नाच्ने, गीत गाउने, कविता र चुटकिला भन्दै रमाइलो गरिरहेका थियाैं। कलेजकै एकजना नयाँ केटा म सँग अलि बढि नजिक भएर कुरा गरिरहेका थिए।
विवेक पाण्डे, हिस्सि परेको अनुहार, मुसुस्क हासेर बोल्ने बानी। सबैजना गीत संगीतमै मस्त थिए। उनी र म भने गफ गर्दै बसेका थियौं। यतिकैमा उनको मोवाइलमा कसैले फोन गरेको गर्याे। उनले फाेन उठाएनन्। फोनको घण्टी बज्नासाथ उनकाे मुहारमा निराशाकाे वादल मडारिए जस्ताे भयाे। तर उनले मलाई केहि भनेनन्। मैले पनि सोध्न सकिन। पिकनिक पछि हामी घर फर्कियौ।
झण्डै एक हप्तापछि विवेककाे फेसबुकमा रिकोएस्ट आएको रहेछ मैले एसेप्ट गरे। हप्तामा दुई तीन पटक च्याट हुन्थ्यो। उनले सधैं जसो भन्ने गर्थे, 'मम्मि आउनु भो। भोलि कुरा गरौंला वाई, भन्न नपाउदै उनी अफलाइन भइसक्थे। म छक्क पर्थे। लाग्थ्यो आफ्नो आमासँग पनि किन यति धेरै डराएको होला?
एक दिन उनले मलाई फोन गरे। घरमा काेही नभएको माैकामा। मैले सुरुमै भने, 'किन तिमी जहिले एक्कासी आमा आउनु भो भन्दै अफलाइन हुन्छौ ?' त्यसपछि उनले घरकाे राम कहानी सुनाए। 'म घरको एक्लो छोरा, तर पनि पिंजडाको चरा जस्तै छ मेरो जीवन। एसएसी पास भएको २०७२ देखि अहिलेसम्म धेरै सपनाहरु सपनामा मात्र सिमित छन्। आइटी पढ्न खुब इच्क्षा थियो। छिमेकिको कुरा सुनेर मेरो बा आमाले ल्याप टेक्नोलोजी नै पढ्नु पर्छ भने पछि ल्याप पढ्रन बाध्य भए।'
उनी आफ्ना कुरा सुनाउँदै जान्छन्, 'ल्याव पढ्न पटक्कै मन थिएन। मेरो बा आमाको लागि मात्र म कलेज जान्थे। पढ्नको लागि होईन।
कलेज बिदाको दिन घर बस्नु पर्दा बा र आमा दुबैको मुखबाट एउटै शब्द निस्किहाल्छ तैंले जीवनमा केहि गर्न सक्दैनस्। ल्यापमा प्राक्टिस् गर्दा एलर्जिको कारणले बिरामी परे। त्यसपछि एक वर्ष सम्म कलेज जान सकिन। निको भएपछि कलेज जान थाले । फेरि घरमा बुबा आमाको किचकिच सुरु हुन् थाल्यो। छिमेकिको छोरा डाक्टर, मास्टर भइसके। तँ चाहि कलेज जादैछस्। सँधै भरि नकरात्मक कुरा गरेर मानसिक टर्चर मात्र हुन्छ । कहिले काहिँ त घर छाडेर सधैँको लागि टाढाँ हुन मन लाग्छ।'
केहि दिन अगाडि मात्रै एक जना भाइले भनेका थिए, 'मेरो साथि राजेशले मलाई घर मन पटक्कै मन पर्दैन, भनिरहन्छ।' मेराे किन प्रश्नको उत्तरमा उनले भने, 'राजेशले आखाँ देख्दैन, त्यहि कारणले उसकाे बुबाआमाले हेला गर्छन् रे।'
भाइको कुरा सुनेर मलाई कौतुहल्ता जाग्यो र राजेशलाई भेट्ने बाचा गरे । असोज महिना, सोमवार बिहानको दश बजेका थियो। म बल्खुबाट पागाँ जाने गाडीमा चढे। किर्तिपुरको हल चोकमा गाडी रोकियो म त्यहि ओर्लिए। त्यहाँबाट बायाँपट्टि मोडिए खाल्टा खुल्टि र हिलाम्मे बाटो, बल्लतल्ल स्कुल जस्तो ठुलो भवनमा पुगे। वरिपरि कोठै केठा बीचमा ठुलो ग्राउण्ड। लाग्थ्यो त्यो कुनै स्कुल हो।
बारा जिल्लाका पच्चिस वर्षीय राजेश केसरीले आफू बुबाआमासँग पीडित भएको बिएल नेपाली सेवासँग बताए। हाल किर्तिपुरमा अध्ययनको सलिसलिामा बसेका केसरी भन्छन्, 'हाे म पनि बुबा आमाबाट नै पिढित हो। सानोमा अरु बालबालिका जस्तै समान प्रकारको शिक्षा पाइन। त्यत्तिमात्र नभएर अहिले बाह्र कक्षासम्म फेल नभइकन पास भइरहँदा पनि घरमा मेरो पढाइको कुनै मुल्याँकन हुँदैन। आखाँ नै देख्दैनस् पढेर के गर्छस् ? भन्ने प्रश्नले मेरो मन साह्रै कुडिन्छ।'
'अरु छोराछोरीलाई भन्दा मलाई अलि फरक व्यवहार गरेको पाउँछु। मैले पनि दिदि, दाजु भाइले जस्तै सहयोग र माया पाएको भए अहिले सम्म सरकारी जागिर खाइसक्थे। जसरी आखाँ देख्ने छोरा छोरीलाई माया गर्नुहुन्छ मलाई पनि त्यसरि नै माया गर्दिए मात्र पुग्छ' भन्दै भक्कानिएर रोय राजेश। साह्रै नरमाइलो लाग्ये। मन भारी लिएर कोठामा फर्किए।
भनिन्छ नि पहिलो विद्यालय, घर र पहिलो गुरु बाबु आमा। छोराछोरीलाई सानै उमेर देखि नै के सिकाउने र कस्तो सिकाउने भन्ने कुरा उनीहरुका बुबाआमामा निर्भर रहन्छ। बुबाआमा बीच भएका हरेक राम्रा कुरा र नराम्रा कुरा प्रत्यक्ष रुपमा असर छोराछोरीमा पर्छ। बच्चापन देखि नै बाबु आमाको व्यवहार उचित नभएमा छोराछोरीको भविष्य नै अन्धकार हुन्छ। छोराछोरीहरुलाई संस्कार, शिक्षा रीतिरिवाज, चालचलन र अन्य व्यवहारिक ज्ञान सिकाउने प्रमुख दायित्य अभिभावकको नै हो।
हरेक कार्यमा छोराछोरीलाई सोधेर उनीहरुको चाहाना मनोभाव बुुझेर बुबाआमाले निर्णय लिनुपर्छ। शिक्षाको सन्दर्भमा भन्नुपर्दा अभिवावकले नै छोराछोरीहरुको इच्क्षा चाहाना नबुझि उच्च शिक्षाको अध्यपनमा आफैले निर्णय गरेको पाइन्छ। जुन कुरा सरासर गलत छ।
हरेक बाबु आमाले बुझ्नुपर्ने कुरा त शिक्षा, स्वास्थ, खानपानमा हेरचाह गरे जस्तै बच्चाको चाहाना र खुसी पनि उत्तीकै महत्त्वपूर्ण भमिका खेलेको हुन्छ। भविष्यमा के बन्ने, त्यसका लागि के पढ्ने, जस्ता सवालहरुमा बुवा आमाले राम्रोसँग विचार गर्न आश्यकता छ।
मनोविद्हरुका अनुसार प्राय अभिभावकहरुमा आफ्ना बच्चाप्रति उनीहरुले गर्ने निर्णयमा धेरै चिन्तित भएको पाइन्छ। कम उमेर निर्णाय लिदा परिपक्व नहुनाले भविष्य असर गर्छ भन्ने अभिभावको बुझाई छ। मनोविद् विनोद पौडेलकाअनुसार छोराछोरिको इच्छा बमेजिम उच्च शिक्षा अध्ययन गराउनु नै समस्याको समाधान हो।
विद्यार्थी भविष्यमा के बन्न चाहन्छ। त्यस विषयमा प्रस्टसँग बुबाआमा वा छोराछोरिलाई सोध्नु पर्छ। नेपाली समाजमा केही अभिभावकले विद्यार्थीलाई के पढाउने भनेर आफै पुर्व योजना तय गरेको पाइन्छ। उनीहरुले विद्यार्थी प्रति गरेको सकरात्मक व्यवहारलाई अन्यथा भन्न मिल्दैन। तर विद्यार्थीको कुरा नसुनि, उनीहरुको चाहाना नबुझी, उनीनहरुसँग भलाकुसारी नगरी वा उनीहरुको इच्क्षा विपरित हुने गरि निर्णय लिनु सत प्रतिशतगलत भएको पौडेलको तर्क छ।
छोराछोरीको वास्तविकता नबुझी अभिभावकले उनीहरुको भविष्यको निर्धारण आफै गर्दिनुले परिवार मात्र हैन समाज र देशलाई नै असर गर्ने मनोविद् तथा समाजशास्त्रीहरुको विचार छ। केही बुबाआमाले आफूले कारणबस कुनै क्षेत्रमा सफलता प्राप्त गर्न नसकेको खण्डमा आफ्नो इच्क्षा पुरा गर्नको लागि आफ्नो छोराछोरीलाई त्यहि क्षेत्रमा सफल बलाउन खोजेको देखिन्छ। मनोविद्हरुका अनुसार यस्तो अवस्था अभिभावकको मनोवैज्ञानिक समस्या हो। छोराछोरीको शिक्षा र भविस्यको निर्णय गर्ने कार्यलाई कुनै पनि परिवारले सामान्य रुपमा लिनु हुँदैन। छोराछोरीको सुन्दर भविष्यको लागि हरेक बाबुआमाले पहिलो प्रथमिकता इच्झा, चाहानालाई दिनु पर्छ। छोराछोरीको इच्क्षा विपरित पढाएको खण्डमा तन त्यो छोराछोरी बाबुआमाको सपना पुरा गर्न सफल हुन्छ। तन आफ्नो लक्ष्यमा नै पुग्न सक्छ।
रोशन, विबेक र केशरी त केबल प्रतिनिधि पात्र मात्र हुन्। यस्तै किशोर किशारीहरु पिढित भएको हाम्रो समाजमा अझै पनि पाउन सकिन्छ।