ईएफएल: उपाधिका लागि सिटी र एस्टन भिल्ला भिड्ने

 इंग्लिस फुटबल लिग (ईएफएल) कपको उपाधिका लागि म्यान्चेस्टर सिटी र एस्टन भिल्लाले प्रतिस्पर्धा गर्ने भएका छन्। म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै सिटीले एस्टन भिल्लासँगको भेट पक्का गरेको हो।

म्यान्चेस्टर सिटीको मैदानमा बुधबार राति भएको दोस्रो लेगमा युनाइटेडसँग १–० ले पराजित भए पनि सिटी पहिलो लेगमा हात पारको जितका कारण फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो। पहिलो लेगमा सिटी ३–१ गोल अन्तरले विजयी भएको थियो। समग्रमा सिटीले युनाइटेडमाथि ३–२ गोल अन्तरको जित हात पार्‍यो। 

दोस्रो लेगमा नेमान्जा माटिचको पहिलो हाफको गोलले युनाइटेडले अग्रता बनायो तर त्यो गोल हार टार्न पर्याप्त भएन। माटिचले खेलको ३५औँ मिनेटमा गोल गरेका थिए।

खेलको ७६औँ मिनेटमा माटिच दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए। त्यसको फाइदा पनि सिटीले लिन सकेन। 
 

प्रकाशित मिति: : 2020-01-30 20:39:54

प्रतिकृया दिनुहोस्