दुई खेल अगाबै न्युजिल्याण्डविरुद्धको टी–ट्वान्टी सिरिजमा भारतकाे कब्जा

बिएल संवाददाता

काठमाडाै‌ं

घरेलु टिम न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी–ट्वान्टी सिरिज भारतले जितेको छ।

बुधबार भएको तेस्रो टी–ट्वान्टीमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै भारतले सिरिज दुई खेल अगाबै जितेको हो। भारतले पहिलो खेलमा न्युजिल्याण्डलाई ६ विकेट र दोस्रो खेलमा ७ विकेटले हराएको थियो।

भारतले दिएको १ सय ८० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा न्युजिल्याण्डले १७ रन बनाएको थियो। जवाफमा भारतले २० रन जोड्दै सिरिज आफ्नो बनायो।

सुपर ओभरअघि न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ९५ रनको अर्धशतकीय इनिङ्स खेले।

 भारतका शार्दुल ठाकुर र मोहमद शामीले २र२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो।

भारतको लागि रोहित शर्माले ६५ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै कप्तान विराट कोहली ३८ र लोकेश राहुलले २७ रन बनाए।

न्युजिल्याण्डका हामीस बेन्नेटले ३ विकेट लिए।

जितसँगै घरेलु टोलीविरुद्धको पाँच खेलको सिरिजमा भारतले ३–० को अग्रता समेत बनाएको छ। 
 

प्रकाशित मिति: : 2020-01-30 05:46:28

प्रतिकृया दिनुहोस्