रोनाल्डो कारबाहीमा पर्न सक्ने, प्रतिबन्ध हुने सम्भावना

तस्बिरः एजेन्सी

युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो कारबाहीमा पर्ने भएका छन्।

च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा एटलेटिको म्याड्रिडविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले गोलको खुसीयाली मनाउने क्रममा अनुचित व्यवहार गरेको भन्दै यूईएफएको अनुशासन समितिले कारवाही गर्ने भएको छ।

च्याम्पियन्स लिग अन्तिम १६ मा पहिलो लेग २-० ले पछि परेको युभेन्टसले रोनाल्डोको ह्याट्रिकसँगै ३-२ ले क्वाटर फाइनलमा स्थान बनाउन सफल भयो।

ह्याट्रिक पुरा गरेका रोनाल्डो गोल सेलिब्रेसनका कारण कारवाहीमा पर्ने भएका हुन् । यूईएफएले सोमबार विज्ञप्ति जारि गर्दै रोनाल्डोको व्यवहार आपत्तिजनक रहेको बताएको हो । उनले आयक्सविरुद्ध हुने क्वाटरफाइनल खेलको एक खेल गुमाउने सम्भावना बढेको छ ।

३४ वर्षिय फरवार्डले एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनको नक्कल गरेका थिए। सिमोनले दर्शकतर्फ फर्केर खराब ब्यवहार प्रकट गरेका थिए।

रोनाल्डोले युभेन्ट्सले ३–० ले जितेको दोस्रो लेगमा ह्याट्रिक पुरा गरिसकेपछि सोही नक्कल गरेका थिए।

युईएफएले आगामी मार्च २१ मा रोनाल्डोको बिषयमा निर्णय गर्नेछ। युईएफएले सिमोनलाई २० हजार युरोको जरिवाना गरेको थियो। खेलाडी भएका कारण मैदानभित्र उक्त हर्कत गरेका कारण उनले प्रतिबन्ध पाउने सम्भावना बढेको हो ।

रोनाल्डोको युभेन्ट्सले क्वार्टरफाईनलको खेलमा डच क्लब अजाक्ससंग प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित मिति: : 2019-03-19 08:49:26

प्रतिकृया दिनुहोस्