अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान साहजादले चितवनबाट ईपीएल खेल्ने

बिएल संवाददाता

काठमाडाै‌ं

अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद शाहजादले चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्।

चितवनले बुधबार प्रेस विज्ञप्ति निकाल्दै पहिलो विदेशी खेलाडीको रुपमा टेष्ट राष्ट्रका शाहजाद टिममा अनुबन्ध गरेको जानकारी दिएको हो। 

साहजादसँग बंगलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग र आबुधाबी टी–१० खेलेका थिए। 

चितवनले यस संस्करणको लागि शाहजादलाई भित्र्याउन पाउँदा निकै उत्साहित भएको समेत जनाएको छ।

चौंथो संस्करणको ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंमा संचालन हुनेछ।

 

प्रकाशित मिति: : 2020-01-30 03:04:15

प्रतिकृया दिनुहोस्